सुदूर नेपाललाई विश्वसँग जोड्दै

कसैले भन्दैमा प्रदेश सरकार खारेज हुदैनः मुख्यमन्त्री भट्ट

२०७९ भदौ २, १०:४२ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कसैलै भन्दैमा प्रदेश सरकार खारेज नहुने बताएका छन्। ‘नेपालको संविधानअनुसार तीन तहको सरकार हुने व्यवस्था रहेको छ,’ उनले भने, ‘प्रदेश सरकार गलत भएको भए आसन्न मंसिरमा हुने निर्वाचनमा जनताले पाखा लगाइहाल्छन्। कसैले अहिले नै हल्ला गर्न आवश्यक छैन।

उनले स्थानीय र प्रदेश सरकारले कतिपय आफ्नो अधिकारभित्र रहेको कानुनहरु कार्यान्वयन हुन नसकेको बताए। ‘आफूलाई दिएका अधिकारभित्र काम नगर्ने ?, उनले भने, ‘अरुलाई मात्र दोष दिएर उम्किने बानीको विकास हुँदै गएको छ।’ उनले प्रहरी समायोजन नहुँदा प्रदेशमा समस्या भएको बताए। 
 

कमेन्ट लोड गर्नुस