सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिकता विधेयकमा एमालेले माग्यो मतदान

२०७९ भदौ २, ०६:०९ खबर संवाददाता

काठमाडौंः नेकपा एमालेले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतदान माग गर्ने भएको छ। दिनभर छलफल भएको उक्त बिधेयक विहीबार नै पारित गर्ने सरकारको तयारी छ। तर प्रमुख प्रतिपक्षी दल एमालेले पारित गर्ने क्रममा ध्वनि मत नमान्ने भएको छ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘एमाले मत विभाजनमा गएर भोटिङ गर्ने पक्षमा उभिन्।’ राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन २०६३ को संशोधन विधेयक सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएपछि सत्तारुढ गठबन्धनले भने उक्त विधेयक जस्ताको तस्तै पारित गर्ने निर्णय गरिसकेको छ।

कमेन्ट लोड गर्नुस