सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेसबुकमा बालेन र हर्क साम्पाङको भिडन्त

२०७९ भदौ २, ०६:०३ खबर संवाददाता

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा फेसबुकमा भिडन्त भएको छ। 
घोचपेच भएको छ ।

सम्पाङले बुधबार साँझ फेसबुकमा आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ भन्दै स्टाटस लेखेका थिए। उनको पोष्टमा बालेनले प्रतिक्रिया दिएका छन्। उनले सम्पाङकै शैलीमा लेखेका छन्, ‘हो नि ‘ तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’

पुन: साम्पाङले २ ओटा पोष्ट बालेललाई लक्षित गरेर पोष्ट गरेका थिए। उनले लेखेका छन् 'आलोचना नै सुझाव हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा !' 

त्यसपछि उनले पुन लेखेका छन्, ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइँदैन १ मुख बजाउनु छोडेर पाखुरा बजाऊ नालायक हो १ नामले खाएकाहरु हो। तिमेरुको रीस उठोस बेस्सरी । काम गर काम हावा तालका हो।'

फेरि उनले बिहीबार बिहानै, ‘ठुला ठुला गफ र हुँकार होइन सानो सानो काम चाहिएको छ ! हो त्यो गर्नु ! जय काम !' भन्दै फेसबुकमा पोष्ट गरेका छन्। 

केही दिनअघि काठमाडौं पुगेका मेयर सम्पाङले सडकमा थुप्रिएको फोहोरबाट पनि अभिव्यक्ति दिएका थिए। 

कमेन्ट लोड गर्नुस