सुदूर नेपाललाई विश्वसँग जोड्दै

फोहोरमा अवरोध नगदिनुस्ः गगन 

२०७९ भदौ १, ०७:५७ खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सिसडोल र बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध नगरिदिन स्थानीयलाई अपिल गरेका छन्। काठमाडौँ फोहोरले अस्तव्यस्त भएको भएको उल्लेख गर्दै थापाले यही अवस्था हुँदा महामारी फैलन सक्ने सम्भावना रहेकोतर्फ सचेत गराएका हुन्। 

‘सिस डोल र बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौँको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपिल गर्न चाहन्छु।’ थापाले अपिलमा भनेका छन्,‘कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सबै बसौँ, संवाद र समीक्षा गरौँ, समाधान निकालौँ।’
स्थानीयसँग भएको सम्झौता कार्यान्वयनमा महानगर र मेयर लागिरहेको साथ दिनका लागि उनले आग्रह गरेका छन्। ‘महानगर प्रमुख लागिरहनुभएको छ, सिङ्गो टिम लागेको छ। सबैले साथ दिऊँ, केही समय लाग्ला तर यो पटक पहिलाको गल्ती दोहोरिन्न भनेर मेयर लागिपर्नु भएको छ।’ थापा भन्छन्,‘ यसपटक कामनपाले आफ्नो प्रतिबद्धता पूरा गर्नेछ। विश्वास गरौँ।’
 

कमेन्ट लोड गर्नुस