सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवकको शव फेला

२०७९ साउन ३१, ०७:४० खबर संवाददाता

रुपन्देही :   पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल-१२ नायाँगाउँको राजमार्ग किनारमा एकजना युवकको शव फेला परेको छ। सडकको छेउमा दुर्घटना भएको मोटरसाइकलसँगै बुटवल ११ कालिकानगरका २८ वर्षीय संजय खत्रीको शव फेला परेको प्रहरीले बताएको छ।

सडक छेउमा लु ३६ प ४७४२ नम्बरको मोटरसाइकल र मोटरसाइकल नजिकै खत्री मृत अवस्थामा भेटिएको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। शवको पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट लोड गर्नुस