सुदूर नेपाललाई विश्वसँग जोड्दै

फोहोरका गाडीलाई अवरोध गरेपछि बन्चरेडाँडामा हवाई फायर

२०७९ साउन ३१, ०३:५८ खबर संवाददाता

काठमाडौं: काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडामा गएका ट्रकलाई स्थानीयले रोकेका छन्। स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले हवाइ फायर गरेको छ। 

स्थिति नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए। बञ्चरेडाँडामा प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारीलाई लखेटेपछि डाँडामा रहेका स्थानीयले ढुंगा लडाएका थिए। 

कमेन्ट लोड गर्नुस