सुदूर नेपाललाई विश्वसँग जोड्दै

चालकलाई आक्रमण गर्न ट्रकमाथि चढेका युवकको खसेर मृत्यु

२०७९ साउन ३१, ०२:४१ खबर संवाददाता

काठमाडौँ: सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलबाट पाल्पातर्फ गइरहेको ग २ ख १०१५ नम्बरको ट्रकका चालक र सहचालकलाई आक्रमण गर्न भन्दै ट्रकमा चढेका एक युवकको खसेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेन-८ जरे पिपलका २५ वर्षीय विक्रम श्रेष्ठको ट्रकबाट खसेर मृत्यु भएको हो।

उनी ट्रकको बाटो छेकेर आक्रमण गर्न ट्रकमाथि चढेका थिए। मदिरा सेवन गरी सडकको बिचमा सुतिरहेको अवस्थामा ट्रकले हर्न बजाउँदा पनि बाटो नछाडी उल्टै श्रेष्ठ सहितका ४ जना युवा आक्रमण गर्न ट्रकमा चढेका थिए। प्रहरीले ट्रकसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको र घटनामा संलग्न युवाहरू पनि सम्पर्कमा रहेको बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस