सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक्स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु 

२०७९ साउन ३१, १२:१५ खबर संवाददाता

काठमाडौँ: रुकुम पश्चिममा एक्स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोमबार बेलुका मुसीकोट नगरपालिका–२, राउखेतमा दुर्घटना हुँदा रसुवा घर भई कास्की पोखरा बस्दै आएका ६० वर्षीय मानबहादुर प्याकुरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। प्रहरीका अनुसार पातुखोला–राउखेत सडक खण्ड मर्मतको क्रममा एक्स्काभेटर पल्टिएको थियो। 

कमेन्ट लोड गर्नुस