सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको देवहरिया गौशालामा तोडफोड, २ सय चौपाया भगाइए

२०७९ साउन ३१, ११:५२ खबर संवाददाता

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ देवहरियामा रहेको गौशालामा तोडफोड भएको छ। सोमबार राति अज्ञात व्यक्तिले गौशालाको तारबार उखेलेर ५ सय गाईमध्ये २ सय गाई भगाएको गौशालाका इञ्चार्ज पृथ्वी रानाले बताए।

‘गौशालामा नयाँ र पुराना गरि ५ सय चौपाया थिए तर हिजो राति अज्ञात व्यक्तिले तारबार उखेलेर भर्खरै गौशालामा ल्याइएका २ सय चौपाया भगाइएको छ,’ उनले भने, ‘राति १० बजेको समयमा गौशालाका बाहिर गएको देखेको भन्दै स्थानीयले हामीलाई जानकारी दिएका थिए।’

भर्खरै उपमहानगरपालिकाले नगरका विभिन्न ठाउँबाट २ सय चौपाया देवहरिया गौशालामा पुगाएकोमा सोमबार ती सबैलाई भगाउने काम भएको इञ्चार्ज रानाले बताए।

कमेन्ट लोड गर्नुस