सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब कोहलपुर–सुर्खेत सडकखण्डमा राति मोटरसाइकल चलाउन नपाइने

२०७९ साउन ३१, ११:०१ खबर संवाददाता

सुर्खेत: जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउन रोक लगाएको छ। सोमबार एक सूचना जारी गर्दै प्रशासनले रत्न राजर्माग अन्तर्गत कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउनमा रोक लगाएको हो। 

आइतबार राति जंगली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाको मृत्यु भएपछि प्रशासनले यस्तो सूचना जारी गरेको हो। आइतबार बिहान भेरीगंगा–५ गेरवानीका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीया कवि वलीको आफ्नो घरदेखि करिब ४०० मिटरमा पूर्वतर्फ पर्ने जंगलमा जंगली जनावरको आक्रमणमा परी मृत्यु भएको थियो।

कमेन्ट लोड गर्नुस