सुदूर नेपाललाई विश्वसँग जोड्दै

वामदेव पनि माओवादीको चिह्नबाट चुनाव लड्ने

२०७९ साउन ३१, ११:०१ खबर संवाददाता

काठमाडौं: मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय सभा सदस्य वामदेव गौतम नेकपा माओवादी केन्द्रको चिह्न लिएर उठ्ने भएका छन्। 

मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले बाबुराम भट्टराई र  वामदेव गौतमलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।  २०७४ को प्रतिनिधि सभा चुनाव बर्दिया–१ बाट हारेका वामदेव पछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा नियुक्त भएका थिए। 

कमेन्ट लोड गर्नुस