सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा 

२०७९ साउन ३१, १०:४४ खबर संवाददाता

धनगढी:  सुदूरपश्चिम प्रदेश सरकारले भोलि भदौ १ गते सार्वजनिक बिदा दिएको छ। ओल्के पर्वको अवसरमा भदौ १ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। 

प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा भोलि बिदा हुने जनाइएको छ।  सुदूरपश्चिमका पहाडी समुदायमा ओल्के पर्वको दिन आफन्त तथा इष्टमित्रहरुलाई मिठो मसिनो खानेकुरा र कोसेली दिने चलन रही आएको छ।

कमेन्ट लोड गर्नुस