सुदूर नेपाललाई विश्वसँग जोड्दै

होटलमा एक महिला र पुरुष मृत फेला 

२०७९ साउन ३१, १०:०१ खबर संवाददाता

बुटवल: एक होटलमा बास बसेका एक महिला र पुरूष मृत फेला परेका छन्। रुपन्देहीको बुटवलस्थित स्याङजा कारीकोटे होटलमा धादिङको कुम्पुरका अन्दाजी ३५ वर्षीय सिताराम भुजेल र दाङकी अन्दाजी ३३ वर्षीया पुष्पा मृत फेला परेका हुन्।

आइतबार राति होटलको कोठा नं. १३४ मा सँगै बसेका उनीहरु सोमबार बिहान महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। महिलाको थर र ठेगाना पूरा खुल्न नसकेको तर उनका श्रीमान विदेशतिर रहेको र एक/डेढ महिनादेखि हराएको भन्ने सुन्नमा आएको प्रहरीले बताएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस