सुदूर नेपाललाई विश्वसँग जोड्दै

कस्तो रहला आजको मौसम ?

२०७९ साउन ३१, ०७:३७ खबर संवाददाता

धनगढी: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित छ। देशका अधिकांश भू-भागमा आंशिक बदली रहेको छ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। मंगलबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा र बाँकी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 


 

कमेन्ट लोड गर्नुस