सुदूर नेपाललाई विश्वसँग जोड्दै

ललितपुरमा बस दुर्घटना, ८ जना घाइते

२०७९ साउन ३१, ०६:१३ खबर संवाददाता

ललितपुर: ललितपुरमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। सोमबार एकान्तकुनाबाट बल्खुतर्फ गइरहेको बा ३ ख २७१८ नम्बरको बस ललितपुर महानगरपालिका–४ स्थित बागडोलमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा नवलपरासीकी २५ वर्षीया सुगम थापा, कीर्तिपुरकी ३३ वर्षीया सुनिता श्रेष्ठ, सुनसरीकी ३३ वर्षीया सन्ध्या राई, दोलखाकी ३० वर्षीया सविना खड्का, ललितपुरका ३० वर्षीय उद्देश्य वाग्ले, सिन्धुपाल्चोकका ५९ वर्षीय जितबहादुर पोखरेल, रामेछापका ४५ वर्षीय खड्गबहादुर थापा र कलंकी बस्दै आएका ६७ वर्षीय खिलबहादुर भण्डारी घाइते भएका छन्। उनीहरुको स्टार अस्पतालमा उपचार भइरहेको बताइएको छ।

कमेन्ट लोड गर्नुस