सुदूर नेपाललाई विश्वसँग जोड्दै

फरार महिला पक्राउ

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ साउन ३०, १०:१७ खबर संवाददाता

भक्तपुर: लागुऔषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट कैद र जरिवानाको फैसला भएर फरार भएकी एक महिलालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३९ वर्षीया निर्मला श्रेष्ठ छिन्। श्रेष्ठलाई लागुऔषध गाँजा मुद्दामा भक्तपुर जिल्ला अदालतले गत वैशाख ४ गते एक वर्ष एक महिना कैद र ६ हजार रूपैयाँ जरिवाना फैसला गरेको थियो। फैसलालगत्तै श्रेष्ठ फरार थिइन्। 

पक्राउलगत्तै प्रहरीले श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेस गरी कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौं पठाएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

कमेन्ट लोड गर्नुस