सुदूर नेपाललाई विश्वसँग जोड्दै

दाहाल र भट्टराईले एउटै चिन्हबाट चुनाव लड्ने

२०७९ साउन ३०, ०९:०१ खबर संवाददाता

काठमाडौं: सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी आगामी निर्वाचनमा एउटै निर्वाचन चिन्हबाट लड्ने भएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबीच करिब ६ वर्षपछि एउटै चुनाव चिन्ह अर्थात् गोलाकार भित्रको हसियाँ हथौडा चिन्हमा चुनाव लड्ने सहमति जुटेको हो।

माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले माओवादीले निर्वाचन आयोगमा हिजो आइतबार दल दर्ता गराएको तर, डा. भट्टराई पनि यही चिन्हमा जाने सहमति आज जुटेपछि थप मंगलबार यसको थप प्रक्रिया अघि बढ्ने जानकारी बताए। 

कमेन्ट लोड गर्नुस