सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकी सेना काठमाडौंमा, भोलिदेखि संयुक्त सैन्य अभ्यास गर्ने

२०७९ साउन ३०, ०७:२९ खबर संवाददाता

काठमाडौं: नेपाली सेना र अमेरिकी सेनाले भोलि मङ्गलवारदेखि भदौको ३१ गतेसम्म संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्। २०६० सालदेखि हुँदै आएको एक्स ब्यालेन्स नेल अभ्यासको ३९ औँ संस्करणको तालिम भोलिदेखि सुरु हुने नेपाली सेनाले जनाएको छ। तालिमलाई रक्षा मन्त्रालयले स्वीकृति दिएको छ।

संयुक्त सैनिक अभ्यासका लागि १६ जना अमेरिकी सेना नेपाल आइपुगेका छन्। अभ्यासमा नेपाली सेनाका तर्फबाट ८० जना सहभागी हुनेछन्। अभ्यासका लागि चाहिने आवश्यक सैन्य सामग्रीहरु अमेरिकाबाटै ल्याइएको सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

कमेन्ट लोड गर्नुस