सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचनमा गठबन्धन गर्ने राप्रपाको निर्णय 

२०७९ साउन ३०, ०७:०३ खबर संवाददाता

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचनमा विभिन्न राजनीतिक दलसँग गठबन्धन, तालमेल र सहकार्य गर्ने निर्णय गरेको छ। राप्रपाको सोमबार बसेको कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो। 

यसका लागि आवश्यक निर्णय र पहलकदमी लिन पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई जिम्मेवारी प्रदान गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए। लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले पार्टी अध्यक्ष लिङ्देनको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समिति गठन गरेको छ। 
 

कमेन्ट लोड गर्नुस