सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते

फाइल फोटो
फाइल फोटो
२०७९ साउन २८, ०८:१७ खबर संवाददाता

धनगढी: कैलालीमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका-६ वनभेडा नजिक से २ प १७५३ नम्बरको मोटरसाइकलले चुरे गाउँपालिका-५ का २९ वर्षीय हर्क अर्थलालाई ठक्कर दिएको प्रहरीले बताएको छ।

दुर्घटनामा मोटरसाइकल चालक गौरीगंगा-६ कै ३० वर्षीय हरिश साउद र साइकलयात्री अर्थला घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुवै जनाको चौमालास्थित बडीमालिका पोलिक्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस