सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक महिला घाइते 

फाइल फोटो
फाइल फोटो
२०७९ साउन २८, ०७:४८ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक महिला घाइते भएकी छिन्। प्रहरीका अनुसार शुक्रबार जिल्लाको पुनर्वास नगरपालिका-३ आइबीआरडीस्थित भित्री सडकखण्डमा पुनर्वास-६ का २९ वर्षीय तिलक सुनारले चलाएको से १ प ६७२२ र पुनर्वास-३ का ३५ वर्षीय सरोज खनियाले चलाएको से ५ प ७७०० नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

दुर्घटनामा सरोजको मोटरसाइकल पछाडि सवार पुनर्वास-३ की ३१ वर्षीया दीपा खनिया घाइते भएकी प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनको धनगढीको नवजीवन अस्पतालमा उपचार भइरहेको बताइएको छ। मोटरसाइकल चालकहरुलाई सामान्य चोटपटक लागेको र दुवै मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले बताएको छ।  

कमेन्ट लोड गर्नुस