सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते 

२०७९ साउन २७, ०९:२६ खबर संवाददाता

धनगढी: धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका ७ जाखोर ताल नजिक मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको हो। 

धनगढी ८ बस्ने १६ वर्षीय आयुष चौधरीले चलाएको प्रदेश २–०३–०१८प७२७३ नम्बरको  मोटसाइकलले पैदय यात्री टीकापुर नगरपालिका १ बस्ने २३ वर्षीया शारदा चौधरीलाई ठक्कर दिँदा चालक आयुष, पछाडि सवार सुशिल चौधरी र पैदल यात्री शारदा घाइते भएको प्रहरीले बताएको छ। 

तिनै जनाको अवस्था सामान्य रहेको र उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस