सुदूर नेपाललाई विश्वसँग जोड्दै

गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या

२०७९ साउन २७, १२:५१ खबर संवाददाता

धनगढीः वीरगञ्ज महानगरपालिका २३ इटियाहीमा एक श्रीमानले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन्। शुक्रबार बिहान २६ वर्षीय दिनेशप्रसाद यादवले आफ्नी २३ वर्षीया श्रीमती प्रतिमा कुमारी यादवको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ।

बिहान ३र४ बजेको समयमा घरमै श्रीमतीको हत्या गरेको आरोपमा दिनेशलाई प्रहरीले पक्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रहलाद कार्कीले जानकारी दिएका छन्। घरबाटै पक्राउ परेका आरोपित दिनेशले प्रहरीलाई दिएको बयानमा श्रीमती प्रतिमाको अर्को केटासँग सम्बन्ध रहेको शंकाको आधारमा घाँटी थिचेर मारेको प्रहरी नायब उपरिक्षक कार्कीले बताए।

गत वर्षको बैशाखमा पर्साको पकाहा मैनपुर गाँउपालिका ६ निवासी धोरे निवासी प्रतिमाको दिनेशसँग मागी विवाह भएको थियो। प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाएर मृतक प्रतिमाको शव पोष्टमार्टनका लागि नारायणी अस्पतालमा पठाएको प्रहरी नायब उपरिक्षक कार्कीले बताए। मृतक प्रतिमाको पाँच महिनाको गर्भ रहेको केटी पक्षले बताएका छन्।

कमेन्ट लोड गर्नुस