सुदूर नेपाललाई विश्वसँग जोड्दै

खोलामा डुबेर दुई बालबालिकाको मृत्यु 

२०७९ साउन २७, ११:०० खबर संवाददाता

झापा:  झापामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको ज्यान गएको छ। शिबसताक्षी नगरपालिका–९ स्थित आइतबारे बस्ने ११ वर्षीया एन्जिला सुन्दास र १२ वर्षीय सिकुम राईको मृत्यु भएको हो।

उनीहरु नगरपालिका–७ स्थित सताक्षी खोलामा डुबेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए।

उनका अनुसार राति अबेरसम्म घर नआएपछि खोज तलासको क्रममा इलाका प्रहरी कार्यालय झिलझिले र अस्थायी प्रहरी पोष्ट माइधारबाट खटिएको टोलीले शव फेला पारेको हो। शवको उद्धार गरी पोष्टमार्टमको निम्ति जिल्ला अस्पताल झापा लगिएको छ ।

कमेन्ट लोड गर्नुस