पतञ्जली योग समितिद्वारा मानव सेवा आश्रमलाई सहयोग
धनगढी: पतञ्जली योग समितिले मानव सेवा आश्रमलाई सहयोग गरेको छ। आश्रममा साँझको भोजन सेवामा खिर, पुरी र अचार वितरण गरेको हो। योगकेन्द्रका अध्यक्ष नृप तिमिल्सिनाको अध्यक्षतामा पतन्जलीका प्रदेश प्रभारी कासिनाथ भट्टको प्रमुख आतिथ्यतामा आश्रममा कार्यक्रम भएको आश्रमका अभिभावक शिद्धराज पनेरुले बताए।
योगकेन्द्र बाट भोजन सेवा बाफत ८ हजार र प्रदेश प्रभारी बाट १ हजार नगद सहयोग पनि प्राप्त भएको पनेरुले बताए।