सुदूर नेपाललाई विश्वसँग जोड्दै

१८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

२०७९ साउन २६, ०८:५७ खबर संवाददाता

बाँके: १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके बैजनाथ गाउँपालिका १ गाभरमा कुखुरा फर्म संचालन गरी बस्ने डोल्पा त्रिपुरासुन्दरी नगरपालिका ९ घर भएका २३ वर्षीय प्रकाश रोकायलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।

प्रकाशले ती किशोरीलाई कोहलपुर नगरपालिका ११ दशविगाहास्थित ईन्द्रेणी होटेल एण्ड लजमा जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस