सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

२०७९ साउन २४, ०७:३० खबर संवाददाता

ललितपुरः मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ। महालक्ष्मी नगरपालिका ९ लामाटारमा प्रदेश ०३-०२-०१२ प ८३६८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका १३ झरुवारासी बस्ने १८ वर्षीय उत्सब नगरकोटीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाईते भएका उनको कृष्ट अस्पताल हुँदै बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस