सुदूर नेपाललाई विश्वसँग जोड्दै

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

२०७९ साउन २४, ०७:२० खबर संवाददाता

संखुवासभाः १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चैनपुर नगरपालिका ९ पिलुखोला बस्ने २१ वर्षीय दिपक शेर्पालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

मादी नगरपालिका ६ पुलुङस्थित सामुदायिक जंगलमा दिपकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पिलुवाखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस