सुदूर नेपाललाई विश्वसँग जोड्दै

बञ्चरेडाँडामा फोहोर बोकेर गएका १७ गाडीमा तोडफोड

२०७९ साउन २४, ०१:३५ खबर संवाददाता

काठमाडौं : नुवाकोटको बञ्चरेडाँडामा फोहोर बोकेर गएका १४ टिपर लगाएत एक २ डोजर र एक स्काभेटरमा अज्ञात समुहले तोडफोड गरेको छ। सिसडोल-बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइडमा फोहोर फाल्न लगिएको गाडीमा अज्ञात समुहद्वारा तोडफोड भएको नुवाकोट प्रहरी निरीक्षक लक्ष्मी खड्काले जानकारी दिइन्।

उनका अनुसार सोमबार राती ११ बजे तोडफोड भएको हो। तोडफोडका क्रममा गाडीका सिसाहरु फुटेका छन्।  तोडफोड कसले गरेको भन्ने बारे हालसम्म जानकारी नआइसकेको निरीक्षक खड्काले बताइन्। घटनाको बारेमा थप अनुसन्धान चलिरहेको छ।   

कमेन्ट लोड गर्नुस