सुदूर नेपाललाई विश्वसँग जोड्दै

बसको ठक्करबाट बालकको मृत्यु

२०७९ साउन २४, ०७:३० खबर संवाददाता

तनहुँ: तनहुँको देवघाट गाउँपालिका-५ क्युदीस्थित देवपुर दासढुङ्गा सडकखण्डमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। गत साउन १७ गते ग१क ३०३४ नम्बरको बसको ठक्करबाट बाटोमा हिँडिरहेका ११ वर्षीय रिमेश तामाङ घाइते भएका थिए।

उनको सोमबार चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस