सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीमती मृत फेला, श्रीमानविरुद्ध जाहेरी

२०७९ साउन २४, ०६:१२ खबर संवाददाता

चितवन: चितवनको खैरहनी नगरपालिका–१ स्थित सिमलघारीमा बस्ने ४२ वर्षीया लक्ष्मी मिजार मृत फेला परेकी छिन्। उनी आइतबार बिहान मृत फेला परेकी हुन्। उनी दराजको ह्याण्डलमा पासो लागेको अवस्थामा मृत भेटिएकी हुन्।

उनका ४२ वर्षीय पति रमेश मिजारले राति लक्ष्मी अलग्गै कोठामा सुतेकी बताएका छन्। तर, माइती पक्षले उनको कुरा अस्विकार गरेका छन्। रमेशविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अदालतले ‘थप बुझेर मात्र पक्राउ गर्ने’ आदेश गरेको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ। 


 

कमेन्ट लोड गर्नुस