सुदूर नेपाललाई विश्वसँग जोड्दै

करेन्ट लागेर एक जनाको मृत्यु, १३ जना घाइते 

२०७९ साउन २३, ०८:२५ खबर संवाददाता

पर्वतः करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जलजला गाउँपालिका ७ धाईरिङ धारापानी बस्ने ५० वर्षीया सिता केसीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको हो।

आफनै घरमा बसिरहेको अवस्थामा विद्युतको तार सर्ट हुँदा सिता लगायत १४ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ घाइतेलाई उपचारको लागि बेनीतर्फ लैजाने क्रममा सिताको बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ।

साथै अन्य १३ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस