सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका प्रदेश प्रमुखलाई एयर एम्बुलेन्सबाट दिल्ली लगियाे

२०७५ फाल्गुन १६, ०९:५६ खबर संवाददाता

त्रिवि शिक्षण अस्पतालमा उपचार गराईरहेका सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्ललाई थप उपचारका लागि भारतको राजधानी दिल्ली लगिएकाे छ। स्वास्थ्य अवस्था जटिल नभए पनि एयर एम्बुलेन्स मार्फत दिल्ली लगिएकाे हाे । दिल्लीबाट प्रदेश प्रमुखलाई लैजान एयर एम्बुलेन्स त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेकाे थियाे । थप उपचारका लागि दिल्ली लागिएको प्रदेश प्रमुखका प्रेस संयोजक गजेन्द्र ओझाले जानकारी दिए। उनले दिल्लीको मेदान्त अस्पतालमा प्रदेश प्रमुखको थप उपचार भइरहेकाे जानकारी दिए। हिजो नै दिल्ली लेजाने भनिएकोमा मौसम खराबीका कारण लैजान सकिएको थिएन। 

प्रदेश प्रमुखलाई थप उपचारका लागि दिल्ली लैजान संघीय मन्त्री परिषद्को बैठकले पनि निर्णय गरेपछि आज त्यहाँ  लगिएको हो। गत ५ गते स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा धनगढीको निसर्ग अस्पताल भर्ना भएका मल्ललाई राती नै नेपाली सेनाको नाईट भिजन हेलिकप्टर मार्फत काठमाडौँ  लिगएकाे थियो। त्यसपछि मल्लको मनमोहन मेमोरियल अस्पतालमा उपचार भएकोमा केही दिन यता त्रिवि शिक्षण अस्पतालमा उपचार भईरहेको थियो । ७१ वर्षीय प्रदेश प्रमुख मल्ल कम्पन ज्वरोका कारण शारिरिक रुपमा कमजोर भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस