सुदूर नेपाललाई विश्वसँग जोड्दै

आरजु राणा गत निर्वाचनमा हारेकै क्षेत्रबाट चुनाव लड्ने

फाइल फोटो
फाइल फोटो
२०७९ साउन २३, ०३:२८ खबर संवाददाता

धनगढीः नेपाली काँग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने चर्चा छ। राणा कैलाली ५ बाट चुनाव लड्ने लगभग निश्चित भएको काँग्रेसका नेताहरुले बताएका छन्। यस्तै कैलाली काँग्रेस निकट स्रोतले पनि आरजु राणा कैलाली क्षेत्र नम्बर ५ बाटै चुनाव लड्ने निश्चित भएको बताएको छ।

०७४ सालको निर्वाचनमा नेकपा (एमाले) का नारदमुनी रानासंग उनी ४ हजार ८८० मतान्तरले पराजित भएकी थिइन। पराजित भएपछि उनले उक्त निर्वाचन क्षत्रमा विभिन्न सामाजिक कामहरु गर्दै आएकी छन्।

कमेन्ट लोड गर्नुस