सुदूर नेपाललाई विश्वसँग जोड्दै

करेन्ट लागेर एक जनाको मृत्यु

२०७९ साउन २१, ०८:२० खबर संवाददाता

सिन्धुलीः करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। तिनपाटन गाउँपालिका ७ पोतेनी बस्ने ३५ वर्षीय तिर्थ लाल श्रेष्ठको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो। 

सोही गाउँपालिकाको वडा कार्यालयबाट घर फर्कने क्रममा लत्रेको विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्वास्थ्य चौकी तिल्पुङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस