सुदूर नेपाललाई विश्वसँग जोड्दै

लामिछानेलाई संकेत गर्दै ओलीले भनेः यो भँडुवाहरुको तरिका हो

२०७९ साउन २१, ०७:२५ खबर संवाददाता

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको आलोचना गरेका छन्। लोकतन्त्र ल्याउन बलिदान गरेका नेताहरुको अपमान गरेको भन्दै ओलीले लामिछानेलाई ‘भडुवा’ भनेका छन्।

शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओलीले लामिछानेलाई एउटा जमातले साथ दियो भन्दैमा नेता भएँ भन्दै हिँडेको टिप्पणी गरे।

‘‘देशमा लोकतन्त्र ल्याउन बलिदान गरेर आएका, संघर्ष गरेर आएका, जेल नेल भोगेर आएका, अंगभंग भएर आएका, आफ्ना परिवारका सदस्य गुमाएर आएकाहरुलाई अपमान गरेको छ, सबलाई चोर भनेको छ, अलिकति सरम हुनुपर्दैन?’ ओलीले प्रश्न गरे।

तानाशाही व्यवस्था अन्त्य गर्न संघर्ष गरेकाहरुलाई अपमान गरेको भन्दै ओलीले लामिछानेले कुसंस्कार, कुसंस्कृति सिकाएको आरोप लगाए।


 

कमेन्ट लोड गर्नुस