सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावलको गर्जनपछि प्रधान सेनापतिलाई सिंहदरबार बोलाउने निर्णय

२०७९ साउन २०, १०:३४ खबर संवाददाता

धनगढीः नेकपा एमालेका सांसद डा. भीम रावल संसदीय समितिको बैठकमा कडा रुपमा प्रस्तुत हुनुभएको छ। उनले संसदको राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै सरकारले अमेरिकी कार्यक्रम एसपीपीमा सहभागी नहुने व्यहोरा लेखी पठाएको पत्र प्रस्तुत गर्न माग गरेका थिए।

हिजो सिंहदरबारमा आयोजित समितिको बैठकमा उहाँले अमेरिकालाई पत्र पठाइएको भन्ने अर्कोतर्फ प्रधान सेनापतिलाई आईपीएसको कार्यक्रममा सहभागी हुन पठाएर सरकारले राज्यलाई द्वन्द्वमा धकेलेको आरोप लगाएका थिए। समितिका सभापति निरा देवी जैरुको सभापतित्वमा भएको बैठकले सरकारले एसपीपी फिर्ता लिन पत्र लेखेको भए प्रधान सेनापतिलाई आइपिएसको कार्यक्रममा भाग लिन पठाइको सम्बन्धमा प्रधान सेनापति र परराष्ट्रमन्त्रीलाई समितिको बैठकमा उपस्थित भएर एसपीपीबारे उठेका प्रश्नको जवाफ दिन निर्देशन दिएको छ।

कमेन्ट लोड गर्नुस