सुदूर नेपाललाई विश्वसँग जोड्दै

तपोवनबाट दिक्षित भएपछि सीके राउतको चुनाव लड्ने घोषणा

२०७९ साउन २०, १०:३० खबर संवाददाता

धनगढीः जनमत पार्टीका अध्यक्ष सीके राउतले सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वारी दिने भएका छन्। हिजो बसेको सो पार्टीको भर्चुअल बैठकमा राउतले सप्तरी २ बाट चुनाव लड्ने घोषणा गरेका हुन्।

राउतले उम्मेदवारी घोषणा गरेको क्षेत्र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले चुनाव जितेको ठाउँ हो। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यादवले सोही क्षेत्रबाट जितेका थिए। अहिले पनि त्यहिँबाट चुनाव लड्ने तयारीका साथ उनले निर्वाचन लक्षित कार्यक्रम थालिसकेका छन्।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैसाथ, एकै चरणमा गर्ने घोषणा गरेको छ।

कमेन्ट लोड गर्नुस