सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकलको ठक्करबाट एक महिलाको मुत्यु

२०७९ साउन २०, १०:२२ खबर संवाददाता

धनगढीः मोटरसाइकलले ठक्कर दिँदा सुर्खेतमा एक महिलाको मुत्यु भएको छ। रत्न राजमार्ग अन्तर्गत बुदबुदीचोक नजिक बाटो काट्ने क्रममा लु ८५ प ५१६६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वीरेन्द्रनगर(१२, की ४३ वर्षीया बालकुमारी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी सुरज कार्कीले जानकारी दिए।

उनको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकल चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस