सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको पञ्चोदय माविलाई छात्रावास हस्तान्तरण

२०७९ साउन २०, ०७:२१ खबर संवाददाता

धनगढीः धनगढीको पञ्चोदय माध्यमिक विद्यालयलाई दृष्टिविहीन विद्यार्थीका लागि निर्माण भएको छात्रावास भवन हस्तान्तरण गरिएको छ। नर्वेको इनफिल फाउण्डेसन र च्यारिटी हेल्थ फाउण्डेसन नेपाल, धनगढीको संयुक्त लगानीमा निर्माण भएको छात्रावास भवन एक समारोकाबीच हस्तान्तरण गरिएको हो।

प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा छात्रावास भवन हस्तान्तरण गरे। करिब ५० जना दृष्टिविहीन विद्यार्थी बस्न सक्ने छात्रावास भवन निर्माण गर्न झण्डै २ करोड खर्च भएको च्यारिटी हेल्थ फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष डाक्टर विद्या पन्तले बताए। छात्रावास भवनमा सभाहल, भान्सासहित विद्यार्थीका लागि बस्ने अलग-अलग काेठाहरू निर्माण गरिएका छन्। एक कोठामा ४ जना बस्न मिल्ने गरी भवन निर्माण गरिएको छ।

च्यारिटी हेल्थ फाउण्डेसन नेपालले निःशुल्क आँखा शिविर सञ्चालनका साथै विभिन्न सामाजिक कार्य गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस