सुदूर नेपाललाई विश्वसँग जोड्दै

भ्यानले ठक्कर दिँदा छोराको मृत्यु, आमा घाइते 

फाइल फोटो
फाइल फोटो
२०७९ असार १९, ०९:२३ खबर संवाददाता

काठमाण्डौँः भ्यानले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन्। 

काठमाण्डौको बल्खुमा बा १३ च ६४१९ नम्बरको भ्यानले आज आइतवार दिउँसो पैदल हिँडिरहेका आमा–छोरालाई भ्यानले एकै साथ ठक्कर दिँदा भारत घर भएकी योगिता बन्सुरका पाँच वर्षीय छोरा आयुषको मृत्यु गएको प्रहरी वृत्त कालीमाटीले जनाएको छ। घाइते योगिताको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ। 

उनीहरू महाराष्ट्रबाट नेपाल घुम्न आएका थिए। ठक्कर दिने चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस