सुदूर नेपाललाई विश्वसँग जोड्दै

ड्युटीमा खटीएका प्रहरीलाई कुटपिट गर्ने दुई शिक्षक पक्राउ 

फाइल फोटो
फाइल फोटो
२०७९ असार १९, ०८:३५ खबर संवाददाता

गोरखाः मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको आरोपमा दुई शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–४ जैसिथोकका रामशरण पोखरेल र रामेश्वर पोखरेल रहेका छन्। नाताले उनीहरु सहदर दाजुभाई हुन्।

मापसे गरी मोटरसाइकलमा घर जादै गर्दा लडेपछि सहयोग गर्न पुगेको प्रहरीमाथि उनीहरुले कुटपिट गरेका हुन्। प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका दाजुभाई मोटरसाइकलमा घर फर्किदै गर्दा चोरकाटे नजिकै लडेका थिए। 

उनीहरु लडेको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट चोरकाटेबाट प्रहरीको टोलि घटनास्थल पुगेर सहयोग गर्ने क्रममा दाजुभाईले प्रहरीमाथी ढुङ्गाले प्रहार गरेका थिए। ढुङ्गा प्रहारबाट प्रहरी जवान अनन्त बहादुर रोका सक्त घाइते भएका छन्।

गोरखा अस्पतालमा सामान्य उपचार पश्चात उनको चितवन मेडिकल कलेजमा थप उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको टाउको र अनुहारमा चोट लागेको छ। अर्का घाइते प्रहरी हवल्दार अर्जुन बहादुर सेनको अवस्था भने सामान्य छ।

पक्राउ परेका दुई दाजुभाई बिरुद्ध सार्वजनिक शान्तिविरुद्धको मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रामशरण मण्डली मावि छोप्राक र रामेश्वर रत्नराज्य मावि बिरेन्चोकका शिक्षक रहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस