सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारी स्कूटरको अगाडि–पछाडि फरक–फरक नम्बर प्लेट !

२०७९ असार १९, ०४:४८ खबर संवाददाता

धनगढीः रोल्पाको एउटा सरकारी स्कूटरको अगाडि र पछाडि फरक–फरक नम्बरको नम्बर प्लेट राखिएको पाइएको छ। जिल्लाको रुन्टिगढी गाउँपालिकाले केही दिनअघि मात्र खरिद गरेर ल्याएको एउटा स्कूटरको अगाडि रा १ ब १३६८ र पछाडि रा १ ब १३६७ नम्बर लेखिएको पाइएको हो।

जिल्लाको होलेरीस्थित प्रहरीका अनुसार सवारी चालक अनुमति–पत्र नभएको कर्मचारीले स्कूटर चलाउदै गरेको अवस्थामा नियन्त्रणमा लिएर चेकजाँच गर्ने क्रममा उक्त त्रुटी फेला पारिएको हो। सो त्रुटीका बारेमा आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सरकारी नम्बर प्लेट रहेको उक्त स्कूटरमा अगाडि र पछाडि छुट्टा–छुट्टै नम्बर प्लेट भएको कारण स्कूटरको नम्बर छुट्याउनै अन्योल भएको प्रहरीको भनाइ छ।

सवारी साधनमा लेखिने नम्बरमा विशेष ध्यान नदिई लापरबाही तरिकाले लेखिनु र राख्दा समेत ख्याल नगर्दा विभिन्न प्रकारको समस्या देखिने गरेको प्रहरीको भनाइ छ।

कमेन्ट लोड गर्नुस