सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले सांसद र महिला नेतृको रोमान्टिक भिडिओ भाइरल (भिडिओसहित)

२०७९ असार १९, ०२:५६ खबर संवाददाता

धनगढीः सल्यानका एमाले प्रदेश सांसद गुलाबजंग शाहको एक जिल्ला नेतृसँगको टिकटक भिडिओ भाइरल भएको छ। सल्यानकी एमाले जिल्ला कमिटी सदस्य टिका वलीको टिकटक अकाउन्टबाट यो भिडिओ अपलोड भएको थियो।

टिकाले अहिले उक्त भिडिओ हटाएकी छन्। तर, भिडिओ डाउनलोड गरेर अहिले फेसबुक र टिकटकमा भाइरल बनेको छ। भिडओमा ‘मायाजाल बुन्छु म’ बोलको गीतमा गुलाबजंग र वलीले अभिनय गरेका छन्। उनीहरू एउटै ओछ्यानमा गाला जोडेर सुतेको देखिन्छ। उनीहरू दुवै विवाहित हुन्।

शाह सल्यान प्रदेश सभा ‘क’ बाट निर्वाचित भएका थिए। उनी कर्णाली प्रदेशसभा संसदको प्रमुख सचेतक समेत छन्। तर शाहले भने उक्त भिडिओ ‘फेक’ भएको बताएका छन्। यस्तै वलीले पनि उक्त भिडिओको बारेमा केही थाहा नभएको बताएकी छन्। मंसिरमा चुनाव आएकाले प्रोपोगण्डा गरिएको उनीरहेको दाबी छ।

 

कमेन्ट लोड गर्नुस