सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफूलाई पार्टीबाट निकाल्ने ५ नेतालाई वामदेवले गरे पार्टीबाट ‘आउट’

२०७९ असार १९, ०१:३१ खबर संवाददाता

धनगढीः केही दिनअघि मात्र गठित नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई पार्टीबाट ‘आउट’ गर्ने ५ नेतालाई निष्कासन गरेको बताएका छन्। आइतबार बिहान उनले पाँचै जनालाई निष्कासन गरेको दाबी गरे।

यसअघि शनिबार युवराज सफललगायत राष्ट्रिय अभियानमा मिसिएका चार दलका पाँच नेताले चाहिँ संयोजक गौतमलाई कारबाही गरेर पार्टीबाट निष्कासन गरेको निर्णय गरेका थिए। तर, शनिबारै बेलुका उनीहरुलाई आफूले कारबाही गरेको गौतमले दाबी गरे। 


 

कमेन्ट लोड गर्नुस