सुदूर नेपाललाई विश्वसँग जोड्दै

केएमसीको होस्टेलभित्र कर्मचारीको मृत्युले तनाव, बोर्डमा तोडफोड

२०७९ असार १९, ०१:२५ खबर संवाददाता

धनगढीः स्कुलभित्रै कर्मचारीको मृत्यु भएको विषयलाई लिएर काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलमा तनाव भएको छ। आक्रोशित समूहले स्कुलमा तोडफोड गरेको छ। ढुंगा प्रहारबाट स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ। स्थिति नियन्त्रणमा लिन उल्लेख्या संख्यामा प्रहरी खटाइएको छ।

काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेकी थिइन्। डेढ वर्षदेखि कार्यरत उनको हत्या भएको दाबी आफन्तले गर्दै आएका छन्। उनीहरुले शव उठाउन पनि दिएका छैनन्।

कमेन्ट लोड गर्नुस