सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौं ५ मा चुनाव लड्ने रञ्जु दर्शनाको घोषणा

२०७९ असार १९, १०:०८ खबर संवाददाता

काठमाडौं: विवेकशील साझा पार्टीबाट अलग भएर स्वतन्त्र भएकी रञ्जु दर्शनाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने भएकी छन्। सामाजिक सञ्जालमार्फत उनले आफू काठमाडौं–५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिने आधिकारिक रूपमा जानकारी गराएकी हुन्।  

हाल स्वतन्त्र रहेकी उनले स्वतन्त्र उम्मेदवारी दिन्छिन् या कुनै पार्टीमा दिन्छिन् भन्ने चाहिँ खुलाएकी छैनन्।  उनले आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सारथी बन्न चाहनेहरूलाई फर्म भर्न अनुरोध गर्दै एउटा लिंक पनि उपलब्ध गराएकी छन्। 

 

कमेन्ट लोड गर्नुस