सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 

२०७९ असार १९, ०७:२७ खबर संवाददाता

काठमाडौं: काठमाडौंमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। काठमाडौ महानगरपालिका–१० युएनपुल नजिकै सडकमा बागमती प्रदेश०२०२६प ०६२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ललितपुर महानगरपालिका–१० बस्ने ७३ वर्षीय मधुरमान मास्केको मृत्यु भएको प्रहरीले बताएको छ।

उनको सिभिल अस्पताल मीनभवनमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस