सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७९ असार १९, ०६:०८ खबर संवाददाता

ललितपुर: ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। ललितपुर महानगरपालिका–१५ थसिखेल चोकमा बागमती प्रदेश ०२–०३४प ०७५८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक महालक्ष्मी नगरपालिका–१० लामाटारका ४४ वर्षीय चन्द्रबहादुर स्याङ्तानको मृत्यु भएको छ।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनको सातदोबाटो गणेशमान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

कमेन्ट लोड गर्नुस