सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिशूली नदीले बगायो आमाछोरा

२०७९ असार १८, ०९:०७ खबर संवाददाता

नुवाकोटः नुवाकोटको विदुर नगरपालिका–३ का संगीता श्रेष्ठ र उनको छोरालाई शनिबार अपराह्न त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ। सात वर्षका छोरा युनिक श्रेष्ठलाई नदीले बगाएपछि बचाउने क्रममा उनकी आमा २८ वर्षीया संगीतालाई पनि नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहले जानकारी दिए।

उनका अनुसार वडा नं ३ मैरिटारमा निवासी उनीहरू घर नजिकै ढोडेनीमा रहेको खेतमा काम गर्न गएका थिए। खेतको काम सकेर घर फर्कनुअघि हातगोडा धुन लागेका युनिकलाई त्रिशूली नदीले बगाएपछि बचाउन नदी पसेको आमालाई समेत बगाएको स्थानीयवासीले प्रहरीलाई बताएका छन्। नदीमा पानीको बहाव ठूलो र पानीसमेत धमिलो भएकाले खोजतलासमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस